जाजरकोटमा श्रीमतीले ह”त्या गरी लुकाएको श्रीमानको श”व पाँच वर्षपछि भेटिएको छ। मंगलबार शौचालयको सेप्टिक ट्यांकीमा भेरी नगरपालिका–६ सिस्नेका काले कामीको शव भेटिएको हो।उनले लगाएको कपडा, टाउकोको खप्पर र शव तानेर ट्यांकीमा फाल्न प्रयोग गरिएको डोरी भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। ह”त्यामा संलग्न भनिएका श्रीमती भद्रकला कामी र उनका कान्छो छोरा तुल्सीराम विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। श्रीमतीबाट ह”त्या भए पनि तीन जना छोराहरू श’व लुकाउने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
मिति २०७४।०९।३० गते जिल्ला जाजरकोट भेरी न.पा.-०६ बस्ने काले कामीलाई निजकै श्रीमती भद्रकला लुहार(कामी) ले हत्या गरी प्लाष्टिकको डोरी कम्मरमा बाँधी माथील्लो तलाबाट घिसार्दै घरदेखी १० मिटर उत्तरतर्फ रहेको ट्वाइलेटको सेफ्टी ट्याङकी खोली सोही ट्याङकी भित्र उक्त लाश खसाली माईलो छोरा तिलक वि.क., साईलो छोरा गोविन्द वि.क. र कान्छो छोरा तुल्सीराम वि.क. को सहायताले बारीबाट माटो, ढुङगा राखी पुरेको भन्ने गोप्य सुचना मिति २०७९।१०।१७ गते प्राप्त भए पश्चात यस कार्यालयबाट प्र.नि. नविन चुदाली सहितको अनुसन्धान टोली खटी गई शौचालयको ,
खाडल खनी उत्खनन् गर्दा पुरै दाँत सहितको खप्पर (टाउँको) को भाग,प्लाष्टीकको डोरी,पछाडी SPORT लेखेको कालो रंगको ज्याकेट,निलो रंगको पाईन्ट भेटीएको,सोहि ज्याकेट र पाइन्ट भित्र मानव कङ्काल हड्डीहरु फेलापरेको हुँदा उक्त घ’टनामा संलग्न भद्रकला लुहार(कामी) र तुल्सीराम बि.क.लाई रितपुर्वक प”क्राउ गरी मिति २०७९।१०।१८ गते सम्मानित जाजरकोट जिल्ला अदालतमा पेश गरी दिन ५ (पाँच) को म्यादथप लिई थप अनुसन्धान कार्य भई रहेको साथै तिलक बि.क. र गोबिन्द बि.क. फरार रहेकाले निजहरुको खोजतलास भईरहेको ।