तुलसीपुरको एक सामुदायिक वनमा नवजात शिशुको श’व फेला परेको छ । आईतबार दिउँसो ४ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका – ९ को नवदुर्गा सामुदायिक वनमा शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन गौतमले जानकारी दिनुभयो । आईतबार दिउँसो स्थानीयवासीले शिशुको श’व देखेपछि प्रहरीलाई खवर गरेका थिए । अवैध गर्भ लुकाउनका लागि ८÷९ महिनाको जस्तो देखिने शिशुलाई जन्म दिएर फालेको हुनसक्ने प्र”हरीले अनुमान गरेको छ । घ’टनाको सम्बन्धमा सं’कास्पद क्षेत्रमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
यो समाचार पनि पढ्नुहोस
सौन्दर्य प्रतियोगिताका नाममा नाबालिगलाई जबर्ज”स्तीकरणी गरेको आ;;रोप लागेका मनोज पाण्डे (मनोजकुमार जैसी)लाई मानव बेचबिखन मुद्दामा ७ वर्षको कैद सजाय सुनाइएको छ ।काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई ७ वर्षको कैद सजायसहित ७५ हजार क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको हो ।
यसअघि माघ १० गते काठमाडौं जिल्ला अदालतले पाण्डेलाई बालयौन दुरुपयोग र मानव बेचबिखन मुद्दामा दोषी ठहर गरेको थियो । सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी भएकी एक किशोरीलाई पाण्डेले होटलमा बोलाएर जबर्जस्तीकरणी गरेको भन्दै पी”डितले सामाजिक सञ्जालबाट उक्त घ”टना सार्वजनिक गरेकी थिइन् ।