प्रहरीको आ’क्रमणबाट घा’इते भएका चिकित्सकको उपचार नेपाल सरकारले गर्ने सहमति भएको छ। गत माघ २७ गते राष्ट्रपतिको सवारीका बेला राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायतमाथि प्रहरीले लाठीचार्ज गरी घाइते बनाएका थिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवको नेतृत्वमा गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसहित वार्ता टोली र नेपाल चिकित्सक संघबीच भएको वार्तामा ६ बुँदे सहमति भएको छ। त्यसपछि चिकित्सकहरू काममा फिर्किएका छन्।
उक्त सहमतिको पहिलो बुँदामा घाइते चिकित्सक सिंहको शीघ्र स्वास्थ्यलाभ कामना गर्ने र घाइते चिकित्सकको उपचार व्यवस्था नेपाल सरकारले गर्ने सहमति भएको छ।
चिकित्सकको सुरक्षाको ग्यारेन्टीलगायत विषय उठाउँदै नेपाल चिकित्सक संघले आइतबार देशैभरका अस्पताल र स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सबै सेवा ठप्प पारेपछि आजै वार्ता भएको थियो।
साथै चिकित्सकमाथि आ’क्रमण गर्ने सुरक्षाकर्मी निलम्बनमा परिसकेका छन्। एक साताभित्र यसबारे छानबिन सकेर दोषीमाथि कारबाही गर्ने सहमति पनि भएको छ।