दाङको तुलसीपुरमा खाना पकाउने क्रममा ग्याँस सिलिण्डर पड्किदा दुई जना गम्भीर घाइते


दाङको तुलसीपुर –१६ लहलौरामा खाना पकाउने क्रममा ग्याँस सिलिण्डर पड्किदा दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा कम्पनी संचालक कुसुम केसी र चितवन भरतपुर महानगरपालिका ५ घर भई हाल सोही कृषी उत्पादन (कम्पनीको कर्मचारी) कम्पनीमा कार्यरत २९ वर्षिय आशिष खनाल रहेका छन् ।

बिहीबार बिहान साढे ९ बजे ५० वर्षिय कुसुम केसीले संचालन गर्दै आएको कृषि बिउ उत्पादन कम्पनीमा खाना पकाउने क्रममा ग्याँसको सिलिण्डर ‘लिक’ हुँदा दुई जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता पर्वत केसीले जानकारी दिनुभयो ।

घाईतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि केसीलाई बाँकेको नेपालगंज र खनाललाई भरतपुर रिफर गरिएको छ ।।