विद्यालय जाँदै गर्दा भिरबाट लडेर आठ वर्षीय प्रतीक्षा घर्ती मगरेको ज्यान गयो


बागलुङमा विद्यालय जाँदै गरेकी बालिकाको भिरबाट लडेर मृत्यु भएको छ । बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटकी आठ वर्षीया प्रतीक्षा घर्ती मगरेको मंगलबार भिरबाट लडेर ज्यान गएको हो । उनी साथिसित घरबाट विद्यालय जाने क्रममा भिरबाट लडेकी थिइन् ।

मगरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए शव परीक्षणका लागि सदरमुकाम बागलुङ ल्याइएको छ ।