भरतपुरको कालिका चोकमा युवती मृत भेटिइन्


चितवनमा आज विहान एक युवती को शव फेला परेको छ । भरतपुर महानगरपालिका १० कामाना चोकमा डेरागरी बसेर नर्सिङ पढ्दै आएकी एक युवतीको शव बिहान ११ बजे भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भारतका आसाम घर भई भरतपुर बस्दै आएकी १९ वर्षीया सुनिता देवी मृत अवस्थामा भेटिएकी हुन् ।

उनी आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । हाल उक्त स्थानमा थप अनुसन्धानको लागि प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो ।