आज तराईमा होली मनाईदै, २२ जिल्लामा सार्वजनिक बिदा


तराईमा आज धुमधामसंग होली मनाइँदै छ। मुलुकका पहाडी क्षेत्रमा हिजो होली मनाएको थीयो भने आज तराई–मधेशमा होली पर्व मनाईदैछ ।

त्रेतायुगमा हिरण्यकश्यपुको आदेशमा प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा पराम्परागत रुपमा होली मनाउँदै आइएको छ भने द्वापरयुगमा कंसद्वारा बालक श्रीकृष्णलाई मार्न ​पठाइएकी पुतना मारिएको खुशीयालीमा व्रजवासीले फागु उत्सव चलन सुरु भएको दुई वटा धार्मिक विश्वास रहदैँ आएको छ।

तराई क्षेत्रमा होलीमा गाइने जोगिरा गीत गाउने चलन छ भने आफान्तहरु मिलेर रंगहरु दलेर एक आपासमा खुसीयाली साटासाट गर्ने चलन रहदैँ आएको छ ।

होलीकै अवसरमा आज तराई मधेसका जिल्लामा सार्वजनिक बिदा दिईएको छ । फागु पुर्णिमाका अवसर तराई मधेस र भित्री मधेसका २२ जिल्लामा आज सार्बजनिक बिदा दिईएको हो ।