गगनले फर्काए ओलीलाई जवाफ , एमालेसंग २०८४ अघि सहकार्य गर्न सकिदैन।


नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमाले सँग २०८४ को आमनिर्वाचन अघि सत्ता सहकार्य नहुने कुरा बताएका छन्। ।
आज राष्ट्रपतिको निर्वाचनमा मत दिइसकेपछि संवाददाताहरूसँग कुरा गर्दै महामन्त्री थापाले २०८४ को चुनावपछि एमाले प्रतिपक्षमा बस्ने र त्यसबेला आफूहरूले सत्तापक्षका रूपमा एमालेसँग सहकार्यको प्रस्ताव राख्ने बताएका हुन्।


यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग एमालेको सहकार्य हुन सक्ने टिप्पणी गरेका थिय ।
तर एमालेले गत पुस १० मा कांग्रेसलाई धोका दिएकाले फेरि एमालेसंग संसदको यो कार्यकालमा सहकार्य हुन नसक्ने थापाले बताएका हुन् ।