छुट्टाछुट्टै दुर्घटनामा परी पाल्पामा दुई जनाको गएको छ।
पाल्पाका फरक फरक स्थानमा एक जना भिरबाट लडेर र अर्का एक जनाको नदीमा डुबेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बगनासकाली गाउँपालिका वडा नंं ७ खहरे खोलाका ४० वर्षीय केशवबहादुर बुढाथोकीको घर नजिकैको खहरेखोला भिरबाट लडेर मृत्यु भएको हो।
हिजो बिहान ३ बजे घरबाट उठेर हिँडेका बुढाथोकीको भिरबाट १ सय ५० मिटर तल खोल्सामा खसेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
यता तिनाउ गाउँपालिका वडा नंं ३ तिनाउ नदीमा डुबेर एक जनाको मृत्यु भएको छ।
तिनाउ खोलामा रहेको बुटवल पावर हाउसको ड्याममा पौडी खेल्ने क्रममा डुबेर सिद्धार्थनगर नगरपालिका वडा नंं ८, गल्लामण्डी भैरहवाका १७ वर्षीय शिशिर उपाध्यायको मृत्यु भएको हो।
पावर हाउसको ड्याममा डुबेर बुधबारदेखि बेपत्ता उपाध्यायको हिजो सोही ठाउँमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले दुबै घटनाको विषयमा अनुसन्धान भइरहेको जनाएको छ।