गैंडाकोटको अक्सफोर्ड कलेजमा सिभिल इन्जिनियरिङ चौथो समेस्टरमा अध्ययनरत डेभिड तिमिल्सेना पाँच दिनदेखि बेपत्ता भएका छन् ।
गैँडाकोट–४ को शान्ति श्री टोलमा रहेको घरबाट कलेज जान भनेर हिँडेका डेभिड गत बिहीबार बिहान ५ बजेदेखि सम्पर्कविहीन भएका हुन् ।
हरेक दिन बिहान ६ बजे कलेज सुरु हुने भएकाले सधै उनी बिहान ५ बजे घरबाट हिँड्थे । त्यो दिन पनि बिहानै हिँडेर राति नफर्किएपछि उनको खोजी सुरु भएको हो । इलाका प्रहरी कार्यालय गैँडाकोटका हवल्दार भीम कार्कीले तिमिल्सिना अझै फेला नपरेको नारायणी अनलाइनलाई जानकारी दिए ।
उनले प्रयोग गर्दै आएको मोबाइल समेत घरमै छोडेर हिँडेकाले खोजीमा समस्या भएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।
घरबाट हिँडेपछि सम्पर्कविहीन भएपछि तिमिल्सिनाको परिवारले गत बिहीबार खोजी गरिदिन प्रहरीमा निवेदन दिएको र कुनै पत्तो नलागेको प्रहरीले जनाएको छ ।
२१ वर्षका डेभिड गैंडाकोटको अक्सफोर्ड कलेजमा सिभिल इन्जिनियरिङ चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन् । उनको खोजीका लागि प्रहरी, अध्ययनरत कलेज परिवार, उनका साथीहरु र परिवारहरु निरन्तर लागिरहेका छन् तर पत्ता लागेको छैन । उनका साथी विकल्प पौडेलले घरबाट कलेज हिडेको तर कलेजको सीसीटीभीमा कतै नदेखिएको जानकारी दिए ।
उनले भने, ‘ डेभिड निकै असल र जेहेन्दार विद्यार्थी हो, कुनै युवती लिएर कतै गएको भन्ने शंकासमेत गर्न सकिँदैन । कसैले अपहरण गरेर लग्यो कि भन्ने हाम्रो आशंका छ ।’
विकल्पले तीन वर्षको हुदा डेभिडको बुबाको निधन भएकोले आमाले निकै संघर्ष गरेर इञ्जिनियरिङ पढाएको बताए । उसको आमा र बहिनी निकै चिन्तामा परेका छन् । डेभिडको फोटो र हुलियाका आधारमा सबैतिर खोजी कार्य सुरु भएको छ तर पत्ता लाग्न नसकेको प्रहरीको दाबी छ । ती विद्यार्थी एकान्त मनपराउने र थोरै साथीसँग संगत गर्ने स्वभावका रहेको कलेजका साथीहरु र प्राध्यापकहरुले जनाएका छन् ।
इञ्जिनियरिङका विद्यार्थी तिमिल्सिना गैँडाकोटबाट पाँच दिनदेखि बेपत्ता, खोजी गरिदीन परिवारको अपिल
गैंडाकोटको अक्सफोर्ड कलेजमा सिभिल इन्जिनियरिङ चौथो समेस्टरमा अध्ययनरत डेभिड तिमिल्सेना पाँच दिनदेखि बेपत्ता भएका छन् ।
गैँडाकोट–४ को शान्ति श्री टोलमा रहेको घरबाट कलेज जान भनेर हिँडेका डेभिड गत बिहीबार बिहान ५ बजेदेखि सम्पर्कविहीन भएका हुन् ।
हरेक दिन बिहान ६ बजे कलेज सुरु हुने भएकाले सधै उनी बिहान ५ बजे घरबाट हिँड्थे । त्यो दिन पनि बिहानै हिँडेर राति नफर्किएपछि उनको खोजी सुरु भएको हो । इलाका प्रहरी कार्यालय गैँडाकोटका हवल्दार भीम कार्कीले तिमिल्सिना अझै फेला नपरेको नारायणी अनलाइनलाई जानकारी दिए ।
उनले प्रयोग गर्दै आएको मोबाइल समेत घरमै छोडेर हिँडेकाले खोजीमा समस्या भएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।
घरबाट हिँडेपछि सम्पर्कविहीन भएपछि तिमिल्सिनाको परिवारले गत बिहीबार खोजी गरिदिन प्रहरीमा निवेदन दिएको र कुनै पत्तो नलागेको प्रहरीले जनाएको छ ।
२१ वर्षका डेभिड गैंडाकोटको अक्सफोर्ड कलेजमा सिभिल इन्जिनियरिङ चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन् । उनको खोजीका लागि प्रहरी, अध्ययनरत कलेज परिवार, उनका साथीहरु र परिवारहरु निरन्तर लागिरहेका छन् तर पत्ता लागेको छैन । उनका साथी विकल्प पौडेलले घरबाट कलेज हिडेको तर कलेजको सीसीटीभीमा कतै नदेखिएको जानकारी दिए ।
उनले भने, ‘ डेभिड निकै असल र जेहेन्दार विद्यार्थी हो, कुनै युवती लिएर कतै गएको भन्ने शंकासमेत गर्न सकिँदैन । कसैले अपहरण गरेर लग्यो कि भन्ने हाम्रो आशंका छ ।’
विकल्पले तीन वर्षको हुदा डेभिडको बुबाको निधन भएकोले आमाले निकै संघर्ष गरेर इञ्जिनियरिङ पढाएको बताए । उसको आमा र बहिनी निकै चिन्तामा परेका छन् ।
डेभिडको फोटो र हुलियाका आधारमा सबैतिर खोजी कार्य सुरु भएको छ तर पत्ता लाग्न नसकेको प्रहरीको दाबी छ । ती विद्यार्थी एकान्त मनपराउने र थोरै साथीसँग संगत गर्ने स्वभावका रहेको कलेजका साथीहरु र प्राध्यापकहरुले जनाएका छन् ।