थप ९१ जनामा कोरोना संक्रमण


पछिल्लो समयमा कोरोनाको संक्रमण बढ्दो छ ।पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५३२ जनामा गरिएको नमूना परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सो समयवधिमा ५९ जना बिरामी निको भएर अस्पतलाबाट डिस्चार्ज भएका छन् भने अहिले देशभर २२० जना सक्रिय संक्रमित रहेका छन् ।कोरोना संक्रमणबाट बच्न आवश्यक सावधानी अपनाउन स्वस्थ्य मन्त्रालयले आग्रह गरेको छ ।