राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दैछ ।
सरकारमा जानेवा नजाने भनेर छलफल गर्न रास्वपाले साँझ ५ बजे पार्टी कार्यालय बसुन्धरामा बैठक बस्न लागेको हो ।
बैठकमा सरकारसँग सम्बन्धित विषय र अन्य समसामयिक विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपालाई सरकारमा आउन आग्रह गरिसकेका छन् । तर, रास्वपाले विगतमा आफुले नेतृत्व गरेका मन्त्रालय पाए र नीति तथा कार्यक्रममा आफ्नो दलले राख्दैआएका विषयहरु समावेश गरे सरकारमा सहभागी हुन सक्ने बताएको छ ।
गत सोमबार बसेको केन्द्रीय समिति र पार्टी संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन प्रस्तावबारे जानकारी गराएका थिए । उनले सो दिन केन्द्रीय कमिटी सदस्य र सांसदहरूसँग राय मागेका थिए।आफ्ना शर्तहरु पुरा भए सरकारमा जान सकिने रास्वपा नेताहरुले बताउँदै आएका छन् ।
अर्कोतिर एमाले अध्यक्ष केपी शर्मा ओलीले वैकल्पिक गठबन्धन बनाएर लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको विषयले पनि राप्रपामा तरंग ल्याएको छ ।