प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दशौंपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्यलाई आज महिला बालबालिकामन्त्रीमा नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्री आचार्यलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका छन् । राष्ट्रपति कार्यालय शीतल निवास आयोजित कार्यक्रममा आचार्यले शपथ लिए हुन् ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना लगायत उच्च सरकारी अधिकारी उपस्थित थिए।
कांग्रेसभित्र शेखर समुहका नेता आचार्य कपिलवस्तु क्षेत्र नं। २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।
आचार्यले महिला मन्त्रालयको जिम्म पाएपछि यसअघि सो मन्त्रालय सम्हाल्दै आएका महिन्द्रराय यादवलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।