नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
काठमाडौं जिल्ला अदालतले आन उनलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको काठमाडौं सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिए।
खाणलाई प्रहरीले आज बिहान उनकै नीवासबाट पक्राउ गरेको थियो। उनलाई जरूरी पक्राउ पुर्जी जारी गरेर पक्राउ गरेको थियो।
पक्राउ गरेपछि उनलाई परिसरमा लगिएको थियो। त्यहाँबाट उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो।
नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। आज विहान खाणसँगै उनका पीए नरेन्द्र केसीलाई पनि पक्राउ गरेको हो।