आज सुनको भाउ सामान्य बढेको छ । तोलामा एक सय रुपैयाँले बढेर सुनको भाउ आज तोलामा १ लाख ११ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको भाउ भने दुई दिनदेखि स्थिर छ । चाँदी आज पनि तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।