आफैँलाई आगो लगाएकी महिलाको उपचारका क्रममा ज्यान गयाे


काठमाण्डौको चन्द्रागिरि नगरपालिका–९ मा पर्ने मच्छेगाउँमा आफैँलाई आगो लगाएर गम्भीर घाइते भएकी ३६ वर्षीया शान्ति श्रेष्ठको उपचारका क्रममा आज बिहान ज्यान गएको छ । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोर घर भएकी श्रेष्ठले शुक्रबार अपराह्न ३ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ ।

आगोले जलेर गम्भीर घाइते भएकी श्रेष्ठको आज बिहान कीर्तिपुरमा रहेकाे बर्न अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाण्डौका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । श्रेष्ठ चन्द्रागिरि–९ मा श्रीमानसँगै डेरामा बस्दै आएको प्रहरीले जनाएको छ । घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।