शरणार्थी प्रकरणमा पक्राउ परेका खाण र रायमाझी थप ३ दिन हिरासतमा रहने


नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना थप ३ दिन हिरासतमा रहने भएका छन् ।

यो प्रकरणमा विभिन्न मितिमा पक्राउ परेका १६ जनालाई प्रहरीले म्याद थपका लागि आज अदालतमा उपस्थित गराएको हो। त्यस क्रममा अदालतले उनीहरुलाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरी स्रोतले बताएको छ ।