जिपको ठक्करबाट दाङमा शिक्षीकाको मृत्यु


पश्चिम दाङको दंगीशरणमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटी चालक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । स्कुटी चालक तुलसीपुर उपमहानरगपालिका-९ बेलुवा निवासी ३७ वर्षिया सिता लम्सालको उपचारका क्रममा दिउँसो दुई बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीले जानकारी दिए ।

बिहीबार बिहान पोनै ११ बजेतिर दंगीशरण गाउँपालिका – ५ कुमलगढीस्थित हापुरेबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ज ९२३ नम्बरको जीप र विपरीत दिशा तर्फबाट जाँदै गरेको रा ७ प ४२३७ नम्बरको स्कुटाीलाई ठक्कर दिँदा स्कुटी चालक महिला गम्भीर घाइते भएकी थिइन् ।

उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि बाँके रेफर गरिएको थियो । त्यस्तै जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताएको छ ।