प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी गाडी दुर्घटनामा परेको छ । जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। स्वर्गद्वारी मन्दिरमा दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले पुष्टि गरेको छ ।
लु १ च ६३४५ नम्बरको ८ जना सवार गाडी स्वर्गद्वारी दर्शन गरी फर्किँदै गर्दा स्वर्गद्वारी नपा- ४ उपल्लो भिङ्रीमा अनियन्त्रित भई दुर्घटना भएको हो। गाडीमा लमही ५ का २ महिला २ पुरुष र ४ बालबालिका सवार रहेको प्रहरीले जनाएको छ ।