संखुवासभाको बाढी पहिरो निरीक्षण गरी ताप्लेजुङका लागि उडेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार हेलिकप्टर विराटनगरमा आकस्मिक अवतरण भएको छ । मौसमको प्रतिकुलताका कारण प्रधानमन्त्री प्रचण्ड सवार हेलिकप्टर विराटनगरमा अवतरण गरेको उनका प्रेस संयोजक सूर्य किरण शर्माले बताए ।
यससँगै समय अभावका कारण प्रचण्ड बाढी पहिरो पीडित रहेको ताप्लेजुङ र पाँचथर नगइ काडमाडौँ फर्काएका छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ आज दिउँसो बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न संखुवासभा पुगेका थिए । त्यसपछि उनी ताप्लेजुङ र पाँचथर जाने कार्यक्रम रहेपनि मौसमले साथ नदिँदा सो स्थानमा नपुगी फर्किएका हु्न ।