जबरजस्ती करणी, अपहरण र शरीर बन्धकसम्बन्धी आरोपमा थुनामा रहेका प्रभात बसेललाई धरौटीमा रिहा गर्न आदेश भएको छ। जिल्ला अदालत कास्कीले साेमबार एक लाख धरौटीमा छाड्ने आदेश दिएको हो । बिहीबार मात्र उनलाई अपहरण र शरीर बन्धक सम्बन्धी मुद्दामा २ लाख ५० हजार रुपैयाँ धरौटी छाड्न म्यादी जिल्ला अदालतले आदेश दिएको थियो ।
जिल्ला अदालत म्याग्दीका न्यायाधीश कृष्णप्रसाद नेपालको इजलासले केही सर्तसहित उनलाई धरौटीमा रिहा गरेको थियो । जाहेरवाला युवतीले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा र कास्कीमा प्रभातलाई अपहरण, जबरजस्ती र शरीर बन्धक सम्बन्धी जाहेरी दिएकी थिइन् ।
फागुन ६ गते अपहरण गरेर बन्धक बनाई बलात्कार गरेको भन्दै गएको जेठ २ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी परेको थियो । जिल्ला अदालत म्याग्दीबाट धरौटीमा छुटे पनि प्रभातले भने जबरजस्ती करणीको मुद्दामा कास्की प्रहरीको हिरासतमा थिए ।