बागलुङको काठेखोलामा जिप दुर्घटना हुँदा मृत्यु हुने दुवै जनाको पहिचान खुलेको छ । मृत्यु हुनेहरूमा चालक कुश्मा नगरपालिका-१ का २८ वर्षीय रामचन्द्र पुन र जैमिनी नगरपालिका-१० राङखानी घर भइ बागलुङ नगरपालिका-२ श्रीनगर बस्ने ३६ वर्षीय दुर्गा पौडेल भएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी योगेशकुमार खड्काले जानकारी दिए ।
बुधबार गलकोटबाट बागलुङ बजार आउँदै गरेको ग१च ९४८५ नम्बरको पिकअप मध्यपहाडी लोकमार्गमा पर्ने काठेखोला गाउँपालिका- ५ ठूलढुंगामा दुर्घटना भएको थियो । उनका अनुसार दुर्घटना भएको गाडी बागलुङ नगरपालिका-२ सम्झना स्टोरको भएको पाइएको छ ।
‘बागलुङदेखि गलकोटसम्म पुगेर सामान बचेर फर्किँदै गर्दा पिकअप दुर्घटना भएको छ’, एसपी खड्काले भने, ‘अहिले एक जनाको शव गाडीले च्यापिएको अवस्थामा भएकाले निकाल्ने प्रयास भइरहेको छ ।’ उनीहरू २ दिनअघि बागलुङ बजारबाट सामान बेच्नका लागि गलकोटतिर निस्किएका थिए ।