पोखरामा डाक्टरलाई कुटें भन्ने इन्स्पेक्टर श्रेष्ठ निलम्बित,डिएसपी जिल्लामा तानिए

Microlink Media

१० आश्विन २०८०, बुधबार


पोखरामा चिकित्सकमाथि कुटपिट गरेको भन्दै सामाजिक सञ्जालमा खुलेआम स्वीकार गर्ने प्रहरी निलम्बनमा परेका छन्।

जिल्ला प्रहरी कार्यालय पोखरा कार्यरत प्रहरी निरीक्षक ९इन्स्पेक्टर० मदन श्रेष्ठ निलम्बनमा परेका प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।

उनका अनुसार पोखराको मणिपाल अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको थियो। त्यसपश्चात अस्पतालमा मृतकको परिवार र चिकित्सकबीच विवाद भएको थियो। सोही घटनाको विवादमा इन्स्पेक्टरले विवादास्पद अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा भाइरल भएका थिए। त्यहीकारण उनलाई अनुसन्धानका लागि निलम्बन गरिएको डिआइजी कडायतले बताए।

साथै, उक्त प्रकरणमै सुरक्षा नेतृत्व लिएका वडा प्रहरी कार्यालय बैदाम प्रमुख प्रहरी नायब उपरीक्षक वेद जोशीलाई केन्द्रमा तानिएको जानकारी दिए।