गोरूलाई मार्न लागेको अवस्थामा हतियारसहित चार जना पक्राउ

Microlink Media

१६ आश्विन २०८०, मंगलबार


डोल्पामा भरुवा बन्दुक र घरेलु हतियार सहित चार जना पक्राउ परेका छन् । काईके गाउँपालिका-४  रिवाबाट भरुवा बन्दुक १ थान, खुकुरी २ थान, बन्चरो १ थानसहित सोही ठाउँ बस्ने ५२ वर्षीय  हरिलाल बिक समेत ४ जना सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी माथिल्लो शहरताराबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा उनीहरुले गोरूलाई घरेलु हतियार बन्चरो प्रहार गरी मार्न लागिरहेको अवस्थामा फेला पारी उक्त हतियारसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।