कपिलवस्तुको बाणगंगामा सर्पले डसेर दुई दिदीबहिनी कै मृत्यु

Microlink Media

१८ आश्विन २०८०, बिहिबार


जिल्लाको बाणगंगा नगरपालिकामा सर्पले डसेर एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ। नगरपालिकाको वडा नम्बर ९ भलवाड जिनुवा स्थित मोतिलाल क्षेत्रीका छोरीहरु ३ वर्षीय रितिका क्षेत्री र ८ वर्षिय इशिका क्षेत्रीलाई मंगलबार राति सर्पले डसेको थियो । उनीहरु दुबैको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको छ ।

मङ्गलबार राति सर्पले डसेर घाइते भएका उनीहरुको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आज मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा.नेत्रबहादुर रानाले जानकारी दिनुभयो ।

३ वर्षीया रीतिका क्षेत्रीको मंगलबार बिहान मृत्यु भएको थियो भने ८ वर्षीया इशिका क्षेत्रीको भने मंगलबार साँझ करिब ६ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.रानाले जानकारी दिनुभयो ।

उनीहरुलाई गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको बुबा मोतीलाल क्षेत्रीले बताउनुभयो । सर्पले डसेको थाहा पाएपछि दुबैलाई बिहान ४ बजे उपचारका लागि कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेमा लगिएको थियो ।

अचेत अवस्थामा रहेकाले थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको सर्पदंश उपचार केन्द्रमा वातावरणीय व्यवस्थापक नवीन भण्डारीले बताउनुभयो ।