राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो क्षति भएकोमा आफु मर्माहत भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै लामिछानेले भूकम्पमा परी घाइते भएकाहरुको उद्धार र राहतमा खटिन पार्टी सदस्यहरुलाई अपिल गरेका छन् । विपद्को यो घडीमा सम्पूर्ण साधनश्रोत परिचालन गरेर उद्धार तथा राहतमा केन्द्रित हुन सरकारलाई पनि उनले आग्रह गरेका छन् ।
कार्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दू भएर आएको भूकम्पले ठूलो क्षति भएकोमा अत्यन्त मर्माहत छौं। ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धान्जली र घाइतेहरूको शीघ्र उपचार र स्वास्थ्यलाभको कामना गर्दछौं।विपद्को यो घडीमा सरकारलाई सम्पूर्ण साधनश्रोत परिचालन गरेर उद्धार तथा राहतमा केन्द्रित हुन आग्रह गर्दछौं। साथै रास्वपा जाजरकोटका सबै सदस्यहरूलाई उद्धाररराहत कार्यमा सक्रियताकासाथ संलग्न हुन पनि आग्रह गर्दछौं’, उनले लेखेका छन् ।