राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी र लघुवित्त संस्थाहरूको समस्या समाधानका लागि नीतिगत उपाय र योजनासहितको सुझावपत्र सरकारलाई बुझाएको छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर रास्वपाले सुझावपत्र बुझाएको हो । रास्वपाले समस्या समाधानका लागि तत्काल हस्तक्षेप गर्न सरकारलाई सुझाव दिएको छ ।
त्यस्तै आवश्यक कानुन तथा नीति निर्माण गर्नुपर्ने, नियमनका लागि STI को गठन गर्नुपर्ने, प्रविधिको प्रयोग गरी केन्द्रीकृत डाटाबेसको निर्माण गर्नुपर्ने तथा सुशासनका लागि क्षमता विकास गर्नुपर्ने सुझाव दिएको छ । त्यस्तै रास्वपाले आर्थिक धक्का, संस्थागत कुशासनको राजनीतिक संरक्षण तथा नियमनको अभावले सहकारी र लघुवित्तमा समस्या देखिएको औँल्याएको छ ।
रास्वपाका नेताहरूसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सहकारी र लघुवित्तबाट पीडित भएकाहरूलाई न्याय दिलाउनका लागि रास्वपाको सहयोग मागेका थिए । त्यसका लागि आफैँ सक्रिय भएको बताएका प्रचण्डले रास्वपाका नेताहरूलाई भनेका थिए, ‘यो समस्या जतिसक्दो छिटो टुंग्याउन चाहन्छु । यसमा तपाईंहरूको पनि सहयोग चाहिन्छ ।’
रास्वपाले समस्या समाधानका लागि तत्काल हस्तक्षेप गर्न सरकारलाई सुझाव दिएको छ । त्यस्तै आवश्यक कानुन तथा नीति निर्माण गर्नुपर्ने, नियमनका लागि STI को गठन गर्नुपर्ने, प्रविधिको प्रयोग गरी केन्द्रीकृत डाटाबेसको निर्माण गर्नुपर्ने तथा सुशासनका लागि क्षमता विकास गर्नुपर्ने सुझाव दिएको छ ।