आज सुनको भाउ १२ सय रुपैयाँले घट्यो

Microlink Media

२ फाल्गुन २०८०, बुधबार


आज सुनको भाउ १ हजार २ सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा १ लाख १६ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै,आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ३० रुपैयाँ घटेर १ हजार ३ सय ६५ रुपैयाँ कारोबार भइरहेको महासङ्घले जनाएको छ ।