चर्चीत पत्रकार भोजराज थापा देशकै प्रतिष्ठित अवार्ड कार्यक्रम तेस्रो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड २०८० को अवसरमा सम्मानित हुनुभएको छ । ब्राण्डरुट इन्टरटेन्मेन्ट प्रालीको आयोजनामा धुम्बाराहिस्थित द भ्वाइस अफ नेपालको स्टुडियोमा शनीबार सम्पन्न भएको उक्त कार्यक्रममा उँहालाई नव प्रतिभा खोजी पत्रकारिता विधाबाट सम्मान गरिएको हो ।नेपाली सञ्चार क्षेत्रमा अनवरत क्रियशिल रहि विशेषगरी नेपाली नव प्रतिभाहरुको खोजी र प्रवद्धनमा पत्रकार थापाले पुर्याएकोे योगदानको कदर गर्दै उहाँलाई ब्राण्डरुट इन्टरटेन्मेन्ट प्रालीले सम्मान स्वरुप खादा,माला र सम्मानपत्र प्रदान गरेको हो ।

प्युठान जिल्लामा जन्मिनु भएका भोजराज थापाको दाङ लमही नगरपालिका वार्ड नं ३ को फल्कापुरमा स्थायी बसोवास रहेको छ। दाङ जिल्लाबाट पत्रकारितामा होमिनु भएका थापाले बुटवल, चितवन र काठमाडौँ हुदै देशैभरि नै आफ्नो कार्य क्षेत्र बनाउनु भयो। भोजराज थापा डिजिटल मिडियाका यस्ता खम्बा हुनुहुन्छ, जस्ले पत्रकारितामार्फत सर्वाधिक लोकप्रियता कमाउन सफल हुनुभयो। विभिन्न बाधा र व्यवधानका विचमा नेपालका कुनाकन्दरामा पुगेर भएका घटना जस्ताको तस्तै देखाउनु, गाउँगाउँमा लुकेका प्रतिभालाई मिडिया मार्फत कलाकारितामा स्थापित गर्नु, बेसाहाराको लागि साहारा बन्नु थापाको मुख्य कर्म बनेकोछ।
आफुसंग प्रतिभा भएरपनि आर्थीक अभावकै कारण आफ्नो कला देखाउने र सुनाउने अवसर नपाएर कलाकार बन्ने सपना मारेर बसेका धेरैलार्ई पत्रकार थापाले एउटा प्लेटफर्म निर्धारण गरिदिएर नेपाली सांगितिक क्षेत्रमा ठुलो योगदान पुर्याउनुभएको छ । भोजराज थापाकै कारणले नेपाली कला क्षेत्रमा थुप्रै नवप्रतिभाहरुले आफुलाई उजागर गर्न पाएका छन् ।बेसाराहरुको साहारा र आवाजविहिनहरुको आवाज बन्नुभएका थापाले भने कर्म गरेर त्यसको फलको आस आफुले कहिल्लै नगरेको बताउनुभयो । सम्मान ग्रहण गर्दै उहाँले यो सम्मान आफ्ना भगवानरुपी दर्शकहरुलाई समर्पण गर्न चाहेको बताउँनुभयो
गाउँगाउँमा लुकेर रहेका प्रतिभा खोज्दै कलाकारितामा स्थापित गराउदै आउनुभएका उँहाले अवका दिनमा पनि यो काम निरन्तर चलिरहने बताउनुभएको छ ।
पूर्व शिक्षा तथा विज्ञान प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न ५४ विधामा अवार्ड वितरण गरिएको थियो।
चर्चित लोकदोहोरी गायक चन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सु(प्रसिद्ध उद्घोषक शशी शर्मा मजगैयाँले गर्नुभएको थियो ।
कार्यक्रममा सङ्गीत रत्न शम्भुजीत बासकोटालाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ । बासकोटालाई पूर्व मन्त्री पोखरेलले २१ हजार १२१ रुपैयाँ नगद सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । नेपाली सांगीतिक क्षेत्रमा बासकोटाको योगदानको कदर गर्दै उहाँलार्ई दीर्घ साधना सम्मान गरिएको आयोजक टिमले जनाएको छ। विगत लामो समयदेखि नेपाली गीत संगीतको क्षेत्रमा बासकोटाले अतुलनीय योगदान पुर्याएको भन्दै उँहाकोे उच्च प्रशंसा गरिएको थियो।
अन्तर्राष्ट्रिय संगीत सम्मान जेनिशा गौतमलाई प्रदान गरिएको छ भने युवा प्रतिभा सम्मान २०८० बाट अंश बर्मालाई सम्मानित हुनुभएको छ । यस्तै बहु प्रतिभाशाली अवार्ड टंक बुढाथोकी र सिर्जनशील उद्यमशीलता तर्फ दीपक कार्की सम्मानित हुनुभएको छ । कार्यक्रम मा बाग्लुङ कालिका ट्रष्का प्रमुख कुमार खड्का ,कलाकार लक्ष्मण श्री, सङ्गीतकार रामु खड्का,गीतकार तथा गायक शान्त शिशिर लगायतलाई भिभिन्न सम्मान गरिएको थियो ।
यस वर्षको सर्वोत्कृष्ट आधुनिक गायकतर्फ प्रमोद खरेलले अवार्ड प्राप्त गर्नुभएको छ भने गायिकातर्फ समीक्षा अधिकारीले अवार्ड प्राप्त गर्नुभएको छ । यस्तै सर्वोत्कृष्ट संगीतकारबाट रोसिन सिंहको पोल्टामा अवार्ड पर्यो भने गीतकार तर्फ हरिभक्त बुढाथोकीलाई अवार्ड प्रदान गरिएको छ।
सर्वोत्कृष्ट क्यामेरापर्सन ९सिनेम्याटोग्राफर० बाट जितु तामाङ , लोक पप निर्देशनतर्फ बिक्रम चौहान , सर्वोत्कृष्ट लोक दाहोरी मोडल पुरुषतर्फ बिमल अधिकारी सम्मानित भए भने महिलातर्फ एलिना रायमाझी सम्मानित हुनुभएको छ ।
सर्वोत्कृष्ट आधुनिक पप गायकको अवार्ड टेक विसी र गायिकातर्फ एलिना चौहानले पाउँनुभएको छ । यस्तै सर्वोत्कृष्ट लोक दोहोरी गायकको रुपमा कमल विसी माल्दाई सम्मानित भए भने गायिका तर्फ लक्ष्मी खड्का सम्मानित हुनुभएको छ।
सर्वोत्कृष्ट थारु गायकतर्फ रोशन रत्गैया र गायिकातर्फ अञ्जु कुश्मी, मोडल पुरुष तर्फ मुकुन्द जिसी र महिलातर्फ कविता राय, देउडा गायनतर्फ सर्वोत्कृष्ट गायकको अवार्ड नरेश बिबिसि र गायिकातर्फ रेखा जोशीले अवार्ड हात पार्नुभएको छ भने युगल गायनतर्फ सन्तोष सुनार र अनु चौधरीले सर्वोत्कृष्ट गायनको अवार्ड पाउँनुभएको छ ।
यस्तै पब्लिक च्वाइसतर्फ मोडल बिक्रम बुढाथोकीले अवार्ड हात पार्नुभयो भने नव आधुनिक गायकमा हर्क गहतराजले अवार्ड पाउन सफल हुनुभएको छ । यस्तै नव आधुनिक गायिकातर्फ सिम्रन परियार, संगीतकारमा निरप्रसाद गुरुङ र गीतकारमा नारायण श्रेष्ठले अवार्ड पाउन सफल हुनुभयो ।
यसैगरी सर्वोत्कृष्ट आधुनिक मोडेलको पुरुषतर्फको अवार्ड विजय दोङ र महिलातर्फ गिता ढुंगानाको हात परेको छ भने नव आधुनिक मोडल पुरुष तर्फ रमेश विश्वकर्मा र महिलामा कुसुम शर्माले उपाधि हात पार्न सफल हुनुभएको छ । सर्वोत्कृष्ट आधुनिक गीत निर्देशक विकास प्रसाईं, आधुनिक पप एरेञ्जरको उपाधि विशाल निरौला र भिडियो सम्पादनतर्फ लक्ष्मण चौहान सम्मानित हुनुभएको छ ।
यस वर्षको सर्वोत्कृष्ट गीतका लागि उर्गेन दोङ, लोकदोहारी संगीतकार अनिश दवाडी र गीतकारतर्फ रेखा खरेल र पप गायकको अवार्ड हिमाल श्रेष्ठले र नव पब्लिक च्वाइसतर्फ अवार्ड सञ्जु पाठकले प्राप्त गर्नुभयो ।
७ विधामा प्रदान गरिएको जुरी अवार्ड सांगीतिक क्षेत्रका १५ स्रष्टालाई प्रदान गरिएको छ। जसमा सर्वोत्कृष्ट आधुनिक गायकतर्फ गोविन्द मधुर आचार्य, संगीतकारतर्फ सुवास कार्की र गीतकारमा शिव पौडेललाई सम्मानित गरिएको छ ।
यस्तै नव आधुनिक गायकतर्फ सुजनबाबु गुरुङ, गायिकामा रोजिना बस्नेत, संगीतकारतर्फ नेहार बुढाथोकी र मोडल महिलातर्फ संगीता शाहीले प्राप्त गर्नुभयो । जुरी तर्फको सर्वोत्कृष्ट आधुनिक निर्देशकमा सिर्जन बराल र आधुनिक पप एरेञ्जरको अवार्ड खेमराज गौतमले प्राप्त गर्नुभयो ।
सर्वोत्कृष्ट लोकदोहोरी संगीतकार तर्फ जुरि अवार्ड ऋषि खड्का र अभिनेत्रीतर्फ मोडल झरना रिसालले पाउँनुभएको छ । यस्तै नव मोडल इन्करेजमेण्ट अवार्ड पुरुषतर्फ रमेश बस्नेत र महिलातर्फ केलिना सिजवाल र नब सगितकार तर्फ टेक राज ओझा भने गितकार तर्फ बिकाश थापा र सर्वोत्कृष्ट ड्रेस डिजाइनरको अवार्ड शुक्निता चौंलागाईंले प्राप्त गर्नुभयो । वरिष्ठ लोक गायिका चन्द्रकला शाह, वरिष्ठ लोक गायक तथा मादल बादक खर्क बहादुर बुढा,गीतकार बि पान्डे,रापती समाज काठमाडौंको अध्यक्ष तथा उपन्यासकार सीमा पुरी ,गीतकार राधा पाण्डे ,जनवादी गायक टेक बहादुर बलम्पाकी ,समाजसेवी बलिभद्र राना,विवेक श्रेष्ठ लगायत सयौंको संख्यामा स्रष्टा सर्जक तथा कलाकारको उपस्थिति रहेको कार्यक्रमको सम्योजन सङ्गीतकार तथा गीतकार सुनिल बिसिले गर्नुभएको थियो ।