सुनको भाउ एकै दिनमा ३३ सय रुपैयाँ वृद्धि



काठमाडौँः शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार ३ सय रुपैयाँले बढेर ३ लाख १६ हजार ७ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । एक सातामा सुनको मूल्य १५ हजार १ सय रुपैयाँ बढेको छ । गत शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँ थियो । यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १३० रुपैयाँले बढेर ४ हजार ९८५ रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।