काठमाडौँः नेपाल प्रहरीका एसपी गोविन्द काफ्लेमाथि निर्माण व्यवसायीलाई मिटरब्याजमा ऋण दिएर रकम असुलेको र डर–त्रास देखाई थप चेक काट्न लगाएको आरोप लागेको छ ।
आरोपअनुसार काफ्लेले व्यवसायी हर्कबहादुर श्रेष्ठलाई ४५ लाख रुपैयाँ दिएर ७१ लाख ३३ हजार रुपैयाँ असुलिसकेपछि पनि थप ४७ लाख रुपैयाँ बराबरका चारवटा चेक जबरजस्ती काट्न लगाएका थिए । श्रेष्ठले काठमाडौँ जिल्ला अदालतमा ‘आपराधिक बल प्रयोग’सम्बन्धी मुद्दा दायर गरेका छन् । काफ्लेले भने आफूलाई उक्त कारोबारबारे कुनै जानकारी नभएको दाबी गरेका छन् ।
उच्च अदालत पाटनले श्रेष्ठ परिवारलाई धरपकड नगर्न अन्तरिम आदेशसमेत जारी गरिसकेको छ ।





