काठमाडौँः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा महत्वपूर्ण ‘स्ट्रेट अफ होर्मुज’लाई आफूले अहिले अमेरिकी क्षेत्रका रूपमा हेर्ने गरेको बताएका छन् । दक्षिण क्यारोलाइनामा आयोजित चुनावी र्यालीमा उनले यस्तो धारणा राखेका हुन् ।
ट्रम्पले इरान अमेरिकासँग सम्झौता गर्न चाहिरहेको भए पनि सही सम्झौताका लागि तयार नरहेको दाबी गरे । उनले इरानलाई परमाणु हतियार हासिल गर्न कुनै पनि हालतमा दिन नहुने बताएका छन् । ‘स्ट्रेट अफ होर्मुज’माथि अमेरिकी सैन्य दबाब र इरानमाथि आर्थिक प्रतिबन्ध बढिरहेका बेला ट्रम्पको पछिल्लो भनाइ आएको हो ।
पछिल्ला दिनमा उनले होर्मुजलाई अमेरिकी क्षेत्र बनाउने धारणा पटक–पटक व्यक्त गर्दै आएका छन् । अमेरिकाले इरानमाथि थप आर्थिक दबाब बढाउने तयारी गरिरहेको छ । नयाँ प्रतिबन्धले इरानसँग कारोबार गर्ने चीनलगायत केही प्रमुख व्यापारिक साझेदारलाई समेत असर पार्न सक्ने बताइएको छ ।





