५ हजारको विवादले खोस्यो आकाशको जीवन, न्यायका लागि शर्मिलाको संघर्ष


काठमाडौँः ५ हजारको विवादले खोस्यो आकाशको जीवन, न्यायका लागि शर्मिलाको संघर्षभक्तपुरका २५ वर्षीय ट्याटु आर्टिस्ट आकाश रसाइलीको जीवन पाँच हजार रुपैयाँको सामान्य ट्याटु शुल्कलाई लिएर भएको विवादपछि असार ८ गते अन्त्य भयो।

रमेश कुबर, दोर्जे शेर्पा र आयुष कार्कीको छुरा प्रहारबाट आकाशको मृत्यु भएको परिवारको भनाइ छ।आकाशको निधनले विवाहको दुई वर्षमै उनकी २३ वर्षीया श्रीमती शर्मिला बास्कोटालाई ठूलो पीडामा पारेको छ। नयाँ डेरा सरेको पाँच दिनमै भएको उक्त घटनाले एक वर्षीय अबोध बालकलाई बाबुको मायाबाट वञ्चित बनाएको छ।

आफ्नै घर र स्थायी आम्दानीको स्रोत नभएकी शर्मिलासँग अहिले डेराका केही भाँडाकुँडा र ओढ्ने–ओछ्याउने सामानबाहेक खासै सम्पत्ति छैन। सासु–ससुरा समेत नभएपछि माइतीको सहारामा रहेकी शर्मिला भने छोराको भविष्य सुरक्षित गर्न र श्रीमान्को हत्यामा संलग्नलाई कडा सजाय दिलाउन निरन्तर संघर्ष गरिरहेकी छन्।श्रीमान् गुमाउनुको पीडा र आर्थिक अभावबीच पनि शर्मिलाले न्यायको लडाइँ छाडेकी छैनन्।

उनको संघर्ष व्यक्तिगत पीडामात्र नभई अपराधविरुद्ध न्यायको मागसमेत बनेको छ। अब शर्मिलालाई न्याय दिलाउनुका साथै उनका एक वर्षीय छोराको भविष्य सुरक्षित गर्न परिवार, सम्बन्धित निकाय र समाजले आवश्यक सहयोग र पहल गर्नुपर्ने देखिन्छ।

https://www.facebook.com/reel/1614638730214426