काठमाडौँः प्रतिनिधिसभाको आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने तय भएको बैठक विशेष कारणले स्थगित भएको छ ।
बैठकमा कानुनमन्त्री सोविता गौतमले नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ र मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची थियो ।
त्यस्तै, सामुद्रिक जैविक विविधता संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता पेस गर्ने कार्यसूची पनि थियो । स्थगित भएका सबै कार्यसूची अर्को बैठकमा सर्नेछन् ।





