इरानमाथि अमेरिकाको थप आर्थिक नाकाबन्दी


काठमाडौँः अमेरिकाले इरानको सैन्य गतिविधि, हतियार खरिद तथा तेल–पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित करिब ६० संस्था, व्यक्ति र पानीजहाजमाथि प्रतिबन्ध लगाएको छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार प्रतिबन्धको उद्देश्य इरानी शासनका आम्दानीका स्रोत रोक्नु र अमेरिकी सेना तथा सहयोगीमाथि आक्रमणमा सहयोग गर्ने सञ्जाल कमजोर पार्नु हो । प्रतिबन्धले इरानको तेल निर्यात, सैन्य खरिद तथा अन्तर्राष्ट्रिय वित्तीय सञ्जाललाई लक्षित गरेको छ । प्रतिबन्धमा इरानी सैन्य गतिविधिलाई सहयोग गरेको आरोप लागेका कम्पनी तथा इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजिसी) का अधिकारीसमेत परेका छन् ।

साथै, इरानको तेल ढुवानी गर्ने ‘डार्क फ्लीट’ र पेट्रोलियम कारोबारमा संलग्न अन्तर्राष्ट्रिय मध्यस्थमाथि पनि कारबाही गरिएको छ । रासस/एएनआई