प्रहरी हिरासतबाट भागेका अभियुक्त जबरजस्ती करणी आरोपमा पुनः पक्राउ


काठमाडौँः गत वर्ष जेनजी आन्दोलनका क्रममा प्रहरी हिरासतबाट भागेका एक फरार अभियुक्त जबरजस्ती करणी मुद्दामा पुनः पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरी फरार रहेका रामेछापका प्रेम बिसुङ्खेललाई भदौ ३ गते रामेछाप नगरपालिका–४ तिलबारीबाट पक्राउ गरिएको हो । अनुसन्धानका क्रममा बिसुङ्खे यसअघि २०८२ भदौ २४ गते जेनजी आन्दोलनका बेला चोरी मुद्दामा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पकली, सुनसरीको हिरासतमा रहेका बेला भागेको खुलेको प्रहरीले जनाएको छ ।

उनलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।