प्रधानमन्त्री भए भाबुकः पहिचान हुन नसकेका शव वैज्ञानिक विधिबाट व्यवस्थापन गरिएको प्रधानमन्त्रीको भनाइ


काठमाडौँः प्रधानमन्त्री बालेन शाहले तत्काल पहिचान हुन नसकेका शवलाई कानुनी र वैज्ञानिक आधारमा जमिनमुनि व्यवस्थापन गरिएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले डीएनए परीक्षणबाट पहिचान खुलेपछि शव सम्बन्धित परिवारलाई जिम्मा लगाइने बताए । पहिचान भएपछि परिवारले आफ्नो धर्म र संस्कृतिअनुसार अन्तिम संस्कार गर्न पाउने भन्दै प्रधानमन्त्री शाहले शव व्यवस्थापनबारे भ्रममा नपर्न सबैलाई आग्रह गरे । ठूलो विपद्का बेला अन्तर्राष्ट्रिय सहयोग लिन सरकार पछि नहटेको उनको भनाइ छ ।

प्रभावित क्षेत्रमा आवश्यकताअनुसार सहयोग लिन सुरुदेखि नै विभिन्न मुलुकसँग समन्वय गरिएको र प्रक्रिया छोटो बनाएर सहयोग लिने प्रयास गरिएको उनले बताए । प्रधानमन्त्री शाहका अनुसार मित्रराष्ट्र चीन र भारतबाट समेत प्राविधिक जनशक्ति पठाएर सहयोग गरिएको छ । विपद् व्यवस्थापनका क्रममा संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर उद्धार तथा राहतका काम अघि बढिरहेको उनले बताए ।