बाढी प्रभावितका लागि राहत कोषमा ७ अर्बभन्दा बढी जम्मा, थप ६१ लाख डलर सहयोग


काठमाडौँः प्रधानमन्त्री वालेन्द्र शाहले रसुवासहित बाढी प्रभावितका लागि राहत कोषमा आर्थिक सहयोग आउने क्रम बढिरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा उहाँले बुधबारसम्म राहत कोषमा ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको जानकारी दिनुभयो । त्यसमध्ये हिजो मात्रै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई १ अर्ब रुपैयाँ निकासा गरिएको थियो । निकासा भएको रकममध्ये ६ करोड ७५ लाख रुपैयाँ रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका बाढी प्रभावित १५ पालिकामा पठाइएको छ ।

प्रधानमन्त्रीका अनुसार कोषमा हाल ६ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ मौज्दात छ भने थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर समेत जम्मा भएको छ ।