त्रिशूली–३ ‘ए’ सुरुङबाट जीवित उद्धार गरिएका शाह र महर्जनको उपचार जारी


काठमाडौँः त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका सञ्जय शाह र कबीर महर्जनको उपचार भइरहेको नेपाली सेनाले जनाएको छ ।

सप्तरीको कोइलाडी–८ का ३० वर्षीय शाहको उपचार नुवाकोटस्थित त्रिशूली अस्पतालमा भइरहेको छ। काठमाडौँको बालकुमारी–३ का ४५ वर्षीय महर्जनलाई एयर डाइनेस्टीको विमानमार्फत काठमाडौँ ल्याएर उपचार भइरहेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो । शाह माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा र महर्जन जलविद्युत् स्वचालन परियोजनामा कार्यरत हुनुहुन्थ्यो ।