काठमाडौँः भोटेकोशी बाढीका कारण नियमित सेवन गर्दै आएका औषधि गुमाएका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै नुवाकोटको विदुर नगरपालिका–३, सिर्खलीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
भदौ २० गते आयोजित शिविरबाट २०० जनाले स्वास्थ्य सेवा लिएका छन् । तीमध्ये १०१ जना ज्येष्ठ नागरिक रहेका छन्, जसमा ४८ महिला र ५३ पुरुष छन् । बाढीका कारण सुगर, प्रेसरलगायत नसर्ने तथा दीर्घरोगका नियमित औषधि गुमाएका प्रभावितलाई स्वास्थ्य परीक्षण, विशेषज्ञ चिकित्सकीय परामर्श तथा आवश्यक औषधिसम्बन्धी सेवा प्रदान गरिएको थियो ।
शिविरमा ज्येष्ठ नागरिक रोग, मुटु रोग, अर्थोपेडिक्स तथा दन्तसम्बन्धी सेवा उपलब्ध गराइएको थियो । त्यस्तै, बा व्यवस्थापनमा खटिएका नेपाली सेना र सशस्त्र प्रहरी बलका बेसलाई पनि आवश्यक केही महत्वपूर्ण औषधि उपलब्ध गराइएको आयोजकले जनाएको छ ।ढीपछि मानसिक तनावमा रहेका प्रभावित परिवारलाई लक्षित गरी २५ जना ज्येष्ठ नागरिक तथा परिवारका सदस्यलाई तनाव व्यवस्थापन र मनोसामाजिक परामर्श समेत दिइएको थियो । उद्धार तथा





