देवीघाटमा बेलीब्रिज जडान सुरु


काठमाडौँः नुवाकोटको देवीघाट बजारस्थित ताँदी नदीमा नेपाली सेनाले बेलीब्रिज जडान सुरु गरेको छ। सेनाले शनिबारदेखि पुल जडानको काम थालेको हो । गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले पुल बगाएपछि देवीघाट बजार र जिलिङबीचको आवागमन प्रभावित भएको थियो । बेलीब्रिज जडान भएपछि दुई क्षेत्रबीच पुनः आवागमन सहज हुने अपेक्षा गरिएको छ । बाढीका कारण भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा करिब १०० वटा पुलमा क्षति पुगेको बताइएको छ ।