काठमाडौँः प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ६ गते अमेरिकाको न्यूयोर्क जाने भएका छन्।
उनी असोज ९ गते स्वदेश फर्किने तय भएको छ । प्रधानमन्त्री शाह छोटो अवधिका लागि मात्र न्यूयोर्क जान लागेका हुन् । महासभालाई सम्बोधन गर्दै उनले भोटेकोशी बाढीबाट नेपालमा भएको ठूलो जनधनको क्षति र जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद्को असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी गरेका छन् । यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल महासभामा सहभागी हुने तय भएको थियो ।
तर भोटेकोशी बाढीपछि प्रधानमन्त्री शाह आफैं नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जाने निर्णय भएको हो । प्रधानमन्त्रीको भ्रमणका क्रममा जाने नेपाली प्रतिनिधिमण्डलमा करिब १० जना सहभागी हुने बताइएको छ ।





