कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृह बुक गर्न पत्र


काठमाडौँः नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन काठमाडौंमा आयोजना गर्ने तयारी अघि बढाउँदै राष्ट्रिय सभागृहका विभिन्न संरचना उपलब्ध गराइदिन पत्राचार गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले राष्ट्रिय सभागृहलाई पत्र लेख्दै महाधिवेशनको तयारी, व्यवस्थापन तथा कार्यक्रम सञ्चालनका लागि आवश्यक स्थान बुकिङ गरिदिन अनुरोध गरेका हुन् ।

कांग्रेसले आगामी असोज १५ देखि १९ गतेसम्म १५औँ महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ । महाधिवेशनका लागि तयारी तथा व्यवस्थापनका कामसमेत समेटेर असोज १५ देखि २० गतेसम्म ६ दिन राष्ट्रिय सभागृहका संरचना प्रयोग गर्न माग गरिएको छ । दुलालले पठाएको पत्रमा कांग्रेस केन्द्रीय कार्यालयको नाममा राष्ट्रिय सभागृहको प्रदर्शनी हल, लबी, पार्किङ स्थल तथा बगैंचा उपलब्ध गराइदिन अनुरोध गरिएको छ । महाधिवेशनका विभिन्न कार्यक्रम सञ्चालन तथा सहभागीको व्यवस्थापनका लागि ती स्थान आवश्यक पर्ने कांग्रेसले जनाएको छ ।

महाधिवेशनको मुख्य कार्यक्रम असोज १५ देखि १९ गतेसम्म सञ्चालन हुने भए पनि तयारी, व्यवस्थापन तथा अन्य आवश्यक कामका लागि थप एक दिनसहित असोज २० गतेसम्म सभागृह बुक गर्न कांग्रेसले आग्रह गरेको हो । कांग्रेसले महाधिवेशनको मिति तय गरेसँगै तयारीका कामलाई तीव्रता दिएको छ । राष्ट्रिय सभागृहमा आवश्यक पूर्वाधार तथा स्थान व्यवस्थापन भएपछि महाधिवेशनका कार्यक्रम सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ । नका लागि राष्ट्रिय सभागृहका हल तथा आवश्यक क्षेत्र उपलब्ध गराउन पत्राचार गरेको छ ।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले राष्ट्रिय सभागृहलाई पत्र लेख्दै असोज १५ देखि २० गतेसम्म ६ दिनका लागि प्रदर्शनी हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिदिन अनुरोध गरेका हुन् । कांग्रेसले १५औँ महाधिवेशन असोज १५ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरिसकेको छ ।