आज सुन–चाँदीको मूल्य घट्यो


काठमाडौँः बुधबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ थियो । त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७९० रुपैयाँ थियो ।