संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वशान्ति र जलवायु न्यायमा जोड


काठमाडौँः न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु भएको छ । आगामी २९ सेप्टेम्बरसम्म चल्ने महासभामा विश्वशान्ति, सुरक्षा, जलवायु परिवर्तन, दिगो विकास, मानवअधिकार, डिजिटल प्रविधि र राष्ट्रसङ्घको पुनर्संरचनालगायत विषयमा छलफल हुनेछ ।

महासभाको अध्यक्ष खालिलुर रहमान र महासचिव एन्टोनियो गुटेरेसले विश्वमा बढ्दो द्वन्द्व, गरिबी, जलवायु परिवर्तन र आणविक जोखिम समाधानका लागि संवाद, सहकार्य र सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् । यसैबीच, नेपालका तर्फबाट स्थायी नियोग प्रमुख लोकबहादुर थापाले कम विकसित देशहरूको विकासका लागि विश्वव्यापी ऐक्यबद्धता, उत्पादन क्षमता वृद्धि, डिजिटलाइजेसन, जलवायु लचिलोपन, क्षेत्रीय व्यापार र सामाजिक सुरक्षामा जोड दिएका छन् ।