काठमाडौंः नेपाल वायुसेवा निगमले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्रीको हवाई ढुवानीमा एक महिनासम्म पूर्ण शुल्क छुट दिने निर्णय गरेको छ ।
निगमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अन्तर्राष्ट्रिय स्टेशनबाट नेपाल पठाइने खाद्यान्न, औषधि, लत्ताकपडा लगायतका राहत सामग्रीमा ढुवानी शुल्क नलिने जनाएको हो ।
सम्बन्धित दूतावासको आधिकारिक पत्रका आधारमा राहत सामग्री ढुवानीमा यो सुविधा उपलब्ध गराइनेछ। निगमले यसबाट विभिन्न देश तथा संघसंस्थाबाट आउने राहत सामग्री प्रभावित समुदायसम्म छिटो र सहज रूपमा पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।





