मुग्लिन–नारायणगढ सडकखण्ड पूर्णरूपमा सञ्चालनमा


काठमाडौँः मुग्लिन–नारायणगढ सडकखण्डमा अब दुईतर्फी सवारीसाधन सञ्चालनमा आएको छ ।

गत २२ भदौदेखि तुइन खोलामा खसिरहने पहिरो रोक्न ‘स्लोप स्टेबिलाइजेसन’को काम भइरहेकाले सडकखण्ड आंशिक रूपमा बन्द गरिएको थियो । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा नयाँ ट्र्याकबाट आजदेखि सवारीसाधन सञ्चालनमा आएपछि मुग्लिन–नारायणगढ सडकखण्ड पनि पूर्णरूपमा खुलाइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

सडक डिभिजनका अनुसार तुइन खोलामा पहिरो रोकथामका लागि ‘स्लोप स्टेबिलाइजेसन’को काम भने जारी रहनेछ । अर्को सूचना जारी नभएसम्म सडकखण्ड पूर्णरूपमा सञ्चालनमा रहनेछ ।