काठमाडौँः काठमाडौं नापी कार्यालय डिल्लीबजारका नापी अधिकृत डिल्लीबहादुर वली ९ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
माछापोखरीस्थित ३ नम्बर टोलीका टोली प्रमुखसमेत रहेका वलीले सेवाग्राहीलाई अनावश्यक हैरानी दिई घुस मागेको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निगरानी गरेको थियो । अख्तियारको टोलीले उनलाई घुस रकम लिइसकेको अवस्थामा टोखा नगरपालिका–५ स्थित सुन्धारा चोकको एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिएको हो ।
वलीविरुद्ध विशेष अदालतको अनुमतिमा घुस÷रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ ।





