अवैध बाटो भएर अमेरिका जाने क्रममा ज्यान गु’माएका रुकुमपश्चिमका चार युवा - बाटोमै टुट्यो अमेरिकाको सपना


रुकुमपश्चिम, ‘अवैध’ बाटो हुँदै ‘सपनाको देश’ अमेरिका जाने क्रममा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१०, का २० वर्षीय मदन शाही पानामाको जङ्गलमा मृ’त अवस्थामा भेटिएको खबर घरमा आइपुगेको छ। छोरो अमेरिका पुगेको खबर कहिले आउला भन्दै कुरेर बस्नुभएकी पुतली शाही छोरो नै नरहेको खबर सुनेर मर्माहत हुनुभएको छ। मदनले घर छोडेको वर्ष दिन पुग्नै लाग्दा आइपुगेको दुखद खबरले परिवार र आफन्तलाई विक्षिप्त बनाएको छ।

मदनका दाइ कपिल शाहीले गत वर्षको फागुनमा घरबाट निस्केको भाइको मङ्सिर २५ गते मृ”त्यु भएको खबर सामाजिक सञ्जालमा फैलिएको जानकारी दिनुभयो। “घरमा बज्रपात भयो,” कपिलले भन्नुभयो, “कयौँ सपना साँचेर भाइ अमेरिका जान हिँडेको थियो, सबै सपना चकनाचुर भए, परिवारमा बल्नै लागेको खुसीको दियो निभ्यो।” मृत्युको खबर आधिकारिक रूपमा नआए पनि सँगै गएका साथीमार्फत जङ्गलको खोला किनारमा श’व भेटिएको भन्दै परिवारसम्म सूचना आइपुगेको हो।

अमेरिका यात्रा गर्नेहरूको हुलमा मिसिएका बाँफीकोट गाउँपालिका–३ का २८ वर्षीय रूपक बोहराको पनि गत वर्षको मङ्सिर ११ गते बाटोमै ज्यान गएको थियो। गैरकानुनी रूपमा अमेरिका हिँडेका बोहरा घानामा मलेरियाबाट ग्रसित भएपछि बेलैमा उपचार नपाएर मृ”त्यु भएको थियो। अलपत्र अवस्थामा रहेका बोहरालाई त्यहाँका नेपालीले उद्धार गरेर अस्पताल पु¥याएको केही दिनमै मृ”त्यु भएको थियो। श्रीमान् बित्दा काखमा नौ महिनाकी छोरी र दुई वर्षको छोरो रहेको बताउँदै बोहराकी श्रीमती गीता पुरी बोहराले जीवनका कयौँ सपना चकनाचुर भएको बताउनुभयो।

सङ्गठित मानव तस्करको भर परेर अमेरिका जानेको सङ्ख्या जिल्लामा बढ्दै गएको छ। अवैध रूपमा अमेरिका जाने लहर चल्दा लाखौँ रुपियाँ डुब्ने जोखिम त छँदैछ, त्यसरी हिँडेकाको प्राण नै नरहने त्रास पनि उत्तिकै छ। आठ वर्षसम्म नेपाली सेनाको जागिर खानुभएका रुकुमपश्चिमको मुसीकोट नगरपालिका–५, थर्पुगाउँका ४० वर्षीय रमेश गौतमको सपनाको देश अमेरिका थियो। सेनाबाट स्वेच्छिक अवकाश लिएर केही समय घर बसेपछि अवैध बाटो हुँदै अमेरिका जानेक्रममा गत कात्तिक २५ मा पानामाको क्यारेबियन सागरमा रमेशको जीवनयात्रा टुङ्गियो। समुद्रमा उहाँसहित २५ जना चढेको डुङ्गा दुर्घ ”टना भएपछि सपनाको देशको यात्रा पानामा सागरमै बिलायो।

रमेशसँगै हुनुहुन्थ्यो रुकुमपश्चिमको बाँफीकोट गाउँपालिका–७ का २५ वर्षीय प्रदीप खत्री पनि। पहिलो पटकको अवैध यात्रा असफल भएर बीचबाटै नेपाल फर्कनुभएका खत्री दोस्रो पटक अमेरिकी सपना पछ्याउँदै पुनः जाँदा क्यारेबियन सागरमा अस्ताउनु प¥यो। मदनको परिवारमा एकातिर परिवारको सदस्य गुमाउँदाको चोट छ भने अर्कोतिर थपिएको ऋणभार। भाइलाई अमेरिका पठाउन ४० लाख रुपियाँ खर्च भइसकेको कपिलले जानकारी दिनुभयो। उहाँका अनुसार यो सबै रकम ऋण र सापटी गरेर जुटाइएको थियो।

रमेशको परिवारमा पनि अब तिर्न नसकिने गरी ऋण लागेको छ । बुबा, आमा, श्रीमती, एक छोरा र एक छोरी छोडेर अमेरिका हिँडेका रमेशको घरमा आम्दानीको स्रोत छैन, ऋण तिर्न मुस्किल भइरहेको छ। अमेरिका पठाउने भन्दै लाखाँै रुपियाँ लिएको एजेन्टले किरिया खर्च भन्दै पाँच लाख रुपियाँ परिवारलाई दिएको बताइएको छ। बाँफीकोटका प्रदीपले दुई पटक गरेर अमेरिका जाने भन्दै लिएको ऋण ५० लाखभन्दा बढी पुगेको छ। बाँफीकोटकै रूपक बोहराको परिवार पनि ४० लाखभन्दा बढी ऋणले थिचिएको छ।

अमेरिका गएकाको कमाइ र प्रगति देखेर जान लालायित हुनेको सङ्ख्या बढिरहेको छ। अवैध बाटोको जोखिम ख्याल नगरेर लाखौँ रकम एजेन्टलाई बुझाउने गरेको पाइएको बाँफीकोट गाउँपालिका–९ की भावना शर्माले बताउनुभयो। बेरोजगारीको चरम समस्या र अमेरिकाको कमाइ ठूलो देखिने भएकाले अमेरिका जाने लहर चलेको उहाँको बुझाइ छ। जिल्लाका विभिन्न गाउँका युवाले अमेरिका जाने भन्दै अवैध बाटो तय गर्ने गरेका छन्। धेरै जना अमेरिका पुगिसकेका छन् भने कतिपय ब्राजिल, पेरु, मेक्सिकोलगायतका देशमा पुगेका छन्।

यस्तै-काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले नेपाल टी-२० लिगमा मंगलबार बिहान खेलाडी जिम्मेवार पक्षलाई अगाडि आउनु मात्र भनेको बताएका छन्। जारी लिगअन्तर्गत आज बिहान तय भएको काठमाडौं र विराटनगर सुपर किङ्ग्सबीचको खेलअघि खेलाडी टस गर्न मानेका थिएनन्। मुख्य कुरा पेमेन्टको नै थियो,’ज्ञानेन्द्रले भने, ‘हामी र टिम अनरबीच कम्युनिकेसन ग्याप भइरहेको छ। त्यही भएर जिम्मेवार पक्ष अगाडि आइदिनुस् भनेर पहिले ‘कंक्रिट’कमिटमेन्ट गरियोस् भनेको हो।’

कप्तान ज्ञानेन्द्रले खास के भइरहेको छ भन्ने नै थाहा नभएकाले मैदानमा पहिले कुरा सुनिदिनुहोस् भनेको बताए। पहिले भएका बाचाहरू पूरा हुनुपर्ने थियो, हुनुपर्ने भन्ने थियो। जो आउनुपर्ने सम्पर्कमा आउनु भएन, त्यही भएर कन्सर्न देखाएको हो,’ज्ञानेन्द्रले भने, ‘प्राय टिमको अवस्था यही छ। विदेशी खेलाडी जाने, नमान्ने कुराले गर्दा विवाद भएको हो। नेपाल क्रिकेट संघ (क्यान)ले आज रातिसम्म पारिश्रमिक दिने आस्वासन दिएपछि खेल सुरु भएको ज्ञानेन्द्रले बताए।

‘आज रातिसम्म सबै कुरा हुने भन्ने तयारी छ। हुन्छ भन्ने आसमा छौं,’उनले भने, ‘भएन भने भन्दा पनि हुन्छ भन्नेमा आशावादी छौं। भएन भने त्यही बेला निर्णय होला।’
टिम मालिकसँग कुराकानी नभएको र टिम व्यवस्थापक तथा कप्तानहरूले कुरा गर्दा पनि ठोस कुरा नआएको उनले बताए। यो सबैभन्दा ग्रान्ड टुर्नामेन्ट र जिम्मेवार पक्षबाट हुँदा अझै ढुक्क हुन पाइन्छ भन्ने आश हुन्छ,’ज्ञानेन्द्रले भने।