डा. पंकज चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश


दाइजोसम्बन्धी क”सुरमा महोत्तरी जिल्ला अदालतले रामगोपालपुर नगरपालिका ५ का डा.पंकज चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। उनकी पत्नी औरही–१ की २१ वर्षीया नेहा चौधरीले दायर गरेको दा’इजोसम्बन्धी क”सुर मुद्दामा शुक्रबार भएको थुनछेक बहसमा जिल्ला अदालत महोत्तरीका न्ययाधीश हरिप्रसाद शर्मा उपाध्यायको एकल इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको हो। गत वर्षको फागुन २५ गते नेहा र पंकजबीच सामाजिक परम्परा अनुसार विवाह भएको थियो।

त्यसको ७ महिनापछि नेहाले गत कात्तिक २५ मा फेसबुकमार्फत् दाइजोका नाममा श्रीमान र परिवारका अन्य सदस्यले आफूमाथि हिं”सा गरिरहेको बताएकी थिइन्। पंकजले आफूलाई घरमै छाडेको र काठमाडौंमा सँगै राख्न अनुरोध गर्दा दाइजोमा घर माग्दै हिंसा गरेको भन्दै नेहाले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिएकी थिइन्। पंकजले बिहेअघि नै २५ लाख रुपैयाँ दाइजो लिएको नेहाको दाबी छ। नेहाको तर्फबाट वकालत गरिरहेकी वकिल रिंकु यादवका अनुसार नेहाले श्रीमान पंकज र परिवारका सदस्यविरूद्ध बकसपत्र बदर, जालसाजी, घ’रेलु हिंसा, दाइजो, मानाचामल र अंश मुद्दा दिएकी छन्।

उनका श्रीमान पंकजले भने सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन्। जाहेरीवाली नेहाको तर्फबाट महोत्तरी जिल्ला सरकारी वकिल मनोज कुमार गुप्ता र रिंकु कुमारी यादवले बहस गरेका थिए भने पंकजको तर्फबाट विजय ठाकुर र शं’कर गुवाजुले बहस गरेका थिए।

यो पनि-नेपाली कांग्रेसले वर्तमान गठबन्धन सरकार भत्काउने प्रयासमा नरहेको स्पष्ट पारेको छ। शुक्रबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेस शीर्ष नेताहरूको बैठकपछि महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस वर्तमान सरकार गठबन्धन भत्काउने प्रयासमा नरहेको र कसैलाई प्रधानमन्त्री बनाउने अफर नगरेको बताएका हुन्। उनले कांग्रेसले कसैलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको र नयाँ समीकरण बनाउने भन्ने हल्लामा सत्यता नरहेको भन्दै भ्रममा नपर्न आग्रह गरे। उनले कांग्रेसले अब जिम्मेवार र सालिन ढंगले आवश्यक भूमिका निर्वाह गर्ने स्पष्ट पारे।

बैठकमा शनिबार बस्ने संसदीय दलको बैठक र केहि दिनपछि बस्ने केन्द्रीय कार्यसमितिको बैठकका विषयमा छलफल भएको उनले जानकारी दिए। यसअघि भएका कमीकमजोरीलाई सच्चाएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेका उनको भनाइ छ। उनले पार्टीभित्र सम्हालेर, एकभएर र आत्मआलोचना गरेर अघि बढ्ने जिकिर गरे।